दफा २३७
अपुताली परेको मानिने

कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिनेछ।
स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “अपुताली”भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्य सम्झनु पर्छ ।